सीएसी , काठमाडौंको आयोजनामा एएमएल/सीएफ्टी रिस्क म्यानेजमेण्ट इम्प्लिमेण्टेशन तालिम सम्पन्न

को-अरेटिभ म्यानेजर्स क्लब, काठमाडौं (CMC, Kathmandu) को आयोजनामा यही पौष ४ गते सोमबार एएमएल/सीएफ्टी रिस्क म्यानेजमेण्ट एण्ड गोएएमएल इम्प्लिमेण्टेशन (AML/CFT Risk Management and GoAML implementation) तालिम सम्पन्न भयो । सोही क्लवका अध्यक्ष मोहनलाल डाँगीको अध्यक्षतामा सम्पन्न तालिमको चन्द्रागिरि नगरपालिकाका आर्थिक तथा सहकारी शाखा प्रमुख राजुबहादुर खड्काले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले सीएमसी, काठमाडौंले आयोजना गरेको यो तालिमले सहकारी व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन थप मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चन्द्रागिरि नगरपालिकाले सहकारीको विकास र प्रवर्द्धन र विकासका लागि अगाडि बढाएको योजना कार्यक्रम तथा गरिरहेको कार्यको बारेमा प्रकाश पार्नुभयो । कार्यक्रमको अध्यक्षता गरेका क्लवका अध्यक्ष डाँगीले सो क्लवको गतिविधि र योजना बारेमा चर्चा गर्दै सम्पत्ति शुद्धिकरण र आतंकवादी कृयाकलापमा वित्तीय लगानी तथा गो एम एल को विषय सहकारी संस्थाहरुमा हुने सम्भावित जोखिम न्युनिकरण गर्न सहकारीका कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले यो तालिमको आयोजना गरिएको बताउनुभयो । क्लवका सल्लाहकारद्वय लेमन श्रेष्ठ र कृष्णकुमार श्रेष्ठको उपस्थितिको रहेको तालिमा नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक एवं विषय विज्ञ श्यामकृष्ण दाहालले सहजीकरण गर्नुभएको थियो । काठमाडौं जिल्लामा सञ्चालित सहकारी संस्थाहरुको व्यवस्थापकको साझा मञ्चको रुपमा स्थापित को-अपरेटिभ म्यानेजर्स क्लब, काठमाडौंले सहकारी अभियानमा नवीनतम् विषयहरुको प्रबद्धन र अवलम्बन गर्ने, व्यवस्थापनको क्षमता, कार्य सम्पादन स्तर र उत्पादकत्व अभिबृद्धि गर्ने तथा सहकारी संस्थाहरुको अभ्यासहरुमा एकरुपता कायम गर्ने उद्देश्य राखेर काठमाडौंको ११ वटै पालिकाहरुमा रहेका सहकारी संस्थाहरुका व्यवस्थापकलाई आवद्घ गराउँदै कार्यकुशलता अभिबृद्धीका लागि एच.आर. डबली, तालिम र कार्यशाला गोष्ठिहरु सञ्चालन गर्ने योजनाहरु अगाडि बढाएको आयोजखको भनाई छ । काठमाडौं जिल्लाका २५ भन्दा बढी सहकारी संस्थाहरुबाट ५० जनाभन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिममो सो क्बलका महासचिव अञ्जना अधिकारीले र कार्यसमिति सदस्य लगायतले आफ्नो विचार राख्नु भएको थियो । यो १ दिवसीय तालिम प्रभावकारी रहेको र यसलाई आफ्नो कार्यक्षेत्रमा सफल रुपमा कार्यान्वयन गर्दै लाने प्रतिवद्धता तालिममा सहभागीहरुले व्यक्ति गर्नुभयो ।

Leave a Reply