स्कोप साक‍ोसद्वारा सदस्यहरुलाई १२ प्रतिशत लाभाश /प्रतिशत वितरण

ललितपुरको सौगलमा आफ्नै भवनमा केन्द्रीय कार्यालय र चल्खुमा सेवाकेन्द्र सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको स्क‍ोप बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९/०८० मा आर्जन गरेको मुनाफाबाट शेयर सदस्यहरुलाई १२ प्रतिशतको दरले लाभांश/प्रतिफल वितरण गरेको जनाएको छ । स्थानीय समुदायमा आधारित सो संस्थाको २०८० अस‍ोज २० गते ललितपुरको पाटनढोकास्थित अशोक पार्टी प्यालेशमा सम्पन्न ३०औँ वार्षिक साधारण सभाले शेयर सदस्यहरुलाई १२ प्रतिशतका दरले लाभांश/ प्रतिफल वितरण गर्ने र नियम अनुसार शेयर सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता क‍ोषको रकम वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

सोही संस्थाका अध्यक्ष वीरकाजी शाक्यको अध्यक्षतामा सदस्यहरु मात्र सहभागी भई सञ्चालन भएको उक्त साधारण सभामा त्यस संस्थामा १५ वर्ष भन्दा बढी समय सेवा गरेका कर्मचारीहरु बाबुराजा बज्राचार्य (प्रबन्धक) ,सरिता बज्राचार्य (बरिष्ठ कार्यालय सहायक), स्मृति बज्राचार्य (कार्यालय सहायक) र कृष्णराज बज्राचार्य (सुरक्षा गार्ड)लाई दीर्घसेवी कर्मचारी सम्मान-२०८० बाट सम्मान गरिएको थिय‍‍‍ो भने स‍ो संस्थामा विगत ३० वर्षदेखि शेयर सदस्य रहेर य‍ोगदान पु-याएका १४१ जना शेयर सदस्यलाई कदरपत्र प्रदान गरी सम्माज गरिएको थियो ।

विगत १ वर्षको वीचमा दिवंगत भएका त्यस संस्थाका १० जना शेयर सदस्यहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत हुनेहरुको सुगतिको कामना सहित १ मिनेट मौन धारण गरिएको सो साधारण सभामा आर्थिक बर्ष २०७९/०८० मा उत्कृष्ट हुन सफल उत्कृष्ट ऋणी, उत्कृष्ट नियमित बचतकर्ता, उत्कृष्ट नारी बचतकर्ता र उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

उक्त साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संस्थाका अध्यक्ष शाक्यले वि.सं. २०५० भाद्र २२ गते २७ जना युवाहरु मिलेर सदस्यहरुको सामाजिक तथा आर्थिक उत्थानका लागि स्थापना गरिएको हाम्रो यस संस्थामा आर्थिक वर्ष २०७९/०८० को अन्तसम्ममा शेयर सदस्य संख्या ४,५६१ , शेयर पूँजी रु.७,०८,२६,९००, कुल सम्पत्ति रु.९७,२४,६५,२७३, बचत रकम रु.७९,५५,८९,८३०/६२ र ऋण लगानी रु.७४,२०,६९,५३७/८७ रहको बताउनुभएको थियो । यस संस्थाले सहकारीको माध्यमबाट बचत लगायत अन्य वित्तीय कार‍बार गर्ने संस्कार नयाँ पुस्ताका सदस्यहरुमा पुस्तान्तरण गर्न सफल भएको तथा यस संस्थाले हाम्रो समाजमा महिला सशक्तिकरणमा पनि टेवा पु-याएको बताउदै उहाँले सहकारी सिद्धान्त , मूल्य र मान्यता तथा राज्यका नियामक निकायको निर्देशन र सुझावलाई आत्मसाथ गरी सञ्चालन भइरहेको हाम्रो यो संस्था शेयर सदस्य महानुभावहरुको साथ,, सहय‍‍ोग र कर्मचारीहरुको परिश्रमले निरन्तर प्रगतिपथमा अगाडि बढ्न सकेको भन्दै प्रशन्नता व्यक्त गर्नुभएको थियो ।

सोही साधारण सभामा उक्त संस्थाका कोषाध्यक्ष प्रदीप शाक्यले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक अनि मैया बज्राचार्यले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

शेयर सदस्यहरु बीच छलफल गरी ती प्रतिवेदनहरु साधारण सभाबाट पारित गरिएको थियो ।

आफ्ना सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पु-याउने उद्देश्यले यो संस्थाले आफ्ना सदस्यहरुलाई समय समयमा विभिन्न सीपमूलक तालिम प्रदान गर्ने लगायतका रचनात्मक सामाजिक क्रियाकलापहरुड सञ्चालन गर्दै आएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *