स्नेह तारा उपभोक्ता सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर महानगरपालिका वडा नं.२८, हरिसिद्धिमा रहेको स्नेह तारा उपभोक्ता सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा यही मंसिर १७ गते शनिबार क्षितिज आवासीय माध्यमिक विद्यालय, हरिसिद्धिमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष अष्टराज महर्जनको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको ललितपुर महानगरपालिका वडा नं.२८ का वडाध्यक्ष वीरेन्द्र महर्जन र वडा नं.२९ का वडाध्यक्ष गणेशकुमार महर्जनले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सो अवसरमा मन्तव्य व्यक्त गर्दै ललितपुर महानगरपालिका वडा नं.२८ का वडाध्यक्ष महर्जनले स्नेह तारा उपभोक्ता सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरेको सेवा र शिक्षा क्षेत्रमा पु-याएको योगदानप्रति प्रशन्नता व्यक्त गर्दै सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई उनीहरुको जीवनस्तर उठाउन सहयोग पुग्ने गरी गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले सहकारीको विकास र प्रवर्द्धनमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी साधारण सभामा ललितपुर महानगरपालिका वडा नं.२९ का वडाध्यक्ष महर्जनले स्नेह तारा उपभोक्ता सहकारी संस्था लि.ले सामाजिक , आर्थिक, सांस्कृतिक र शिक्षा क्षेत्रमा पु-याएको योगदानको प्रशसा गर्दै सो संस्थाको उत्तरोतर प्रगतिकै कामना गर्नुभयो । उहाँले सहकारी संस्थाहरुले सहकारीको सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गरी समुदायमा आधारित भएर सञ्चालन हुनुपर्ने बताउदै ‘सहकारीको प्रवर्द्धनमा आफ्नो सधै साथ र सहयोग रहने छ’, भन्नुभयो ‌।

साधारण सभामा सो संस्था र जालपा उपभोक्ता सहकारी संस्था लि.को संयुक्त लगानीमा हरिसिद्धिमा सञ्चालित क्षितिज आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक भुवन महर्जनले शुभकामना मन्तव्य व्यक्त गर्दै यस स्नेह तारा उपभोक्ता सहकारी संस्था लि.ले शिक्षा क्षेत्रमा लगानी गरी सामाजिक दायित्व निर्वाह गरिरहेको बताउदै कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न आफूले पाएको जिम्मेवारी पूरा गर्न आफू लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको कारण स्थापना भएको छोटो समयमा नै क्षितिज आवासीय माध्यमिक विद्यालय यस क्षेत्रके राम्रो विद्यालय बन्न सकेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो ।

साधारण सभामा त्यस संस्थाको वार्षिक प्रगति प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गर्दै सो संस्थाका अध्यक्ष महर्जनले समाजमा छरिएर रहेको स-साना रकमलाई संकलन गरी त्यसबाट सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पु-याउने उद्देश्यले स्थापना भएको हाम्रो यस संस्था शेयर ज्यू सदस्यहरुको स्नेह तथा साथ र सहयोग एवं कर्मचारीहरुको मेहनत र परिश्रमले निरन्तर प्रगतिपथमा अगाडि बढ्न सकेको छ भन्दै त्यसका लागि सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । ललितपुर महानगरपालिकाकी कार्यापालिका सदस्य शरनलक्ष्मी महर्जनको आतिथ्यता रहेको त्यस साधारण सभामा उक्त संस्थाका उपाध्यक्ष जीवन महर्जनले स्वागत मन्तव्य व्यक्त गर्दै आफ्नो उद्देश्य अनुरुप राम्रोसँग सञ्चालन भइरहेको हाम्रो यस संस्थामा तरलताको समस्या नरहेको र यसले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह सेवालाई परिवर्तित समय अनुसार थप गुणस्तरीय बनाउदै लाने बताउनुभयो । त्यसै संस्थाका बोर्ड सदस्य राजन महर्जनले सञ्चालन गर्नुभएको साधारण सभामा सोही संस्थाका कानुनी सल्लाहकार दिलिप देशारले सो संस्थाको थप प्रगतिको कामना गर्नुभयो । साधारण सभामा सोही संस्थाका कोषाध्यक्ष बाबुराम महर्जनले सो संस्थाको आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । साधारण सभामा त्यस संस्थाको गतिविधिबारे प्रकाश पादै उक्त संस्थाका व्यवस्थापक बाबुकाजी महर्जनले

अहिले विषम परिस्थितिमा पनि समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यो संस्था सहकारीको सिद्धान्त, मुल्य र मान्यतालाई आत्मसाथ गरी राम्रोसँग अगाडि बढिरहेको छ र यसका सबै सूचकाङ्क राम्रो रहेको बताउनुभयो ।

साधारण सभामा प्रस्तुत भएको प्रतिवेदनमा आर्थिक वर्ष २०७९ असार मसान्तसम्म त्यस संस्थामा शेयर पूँजी रु.१,२४,२०,१००, बचत तथा निक्षेप दायित्व रु.१८,०८,६०,०३०.९२ कर्जा लगानी रु.१६,१९,६७,८५६.४५ , र कूल कारोवार रु.२१,३९,०२,६३५.९० रहेको उल्लेख छ ।

Leave a Reply