हिमनदी साकोसद्वारा शेयर सदस्यहरुलाई १५.७९ प्रतिशत लाभांश वितरण

ललितपुरको भोलागेशमा रहेको हिमनदी बचत तथा ऋण सहकारी संस्था लि. आर्थिक वर्ष २०७८/०७९ मा गरेको कारोवारबाट आर्जन गरेको मुनाफाबाट आफ्ना शेयर सदस्यहरुलाई १५.७९ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ । अलगपथसँग कुरा गर्दै सोही संस्थाका प्रमुख व्यवस्थापक अशोक घिमिरेले समुदायमा आधारित हाम्रो यस हिमनदी बचत तथा ऋण सहकारी संस्था लि.मा तरलता र वित्तीय अवस्था राम्रो रहेको बताउनुभयो । उहाँले ‘हाम्रो यस संस्थाले शेयर सदस्यहरुको मर्म र भावना अनुरुप गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ’, भन्नुभयो ।

गत असोज ९ गते सो संस्थाको त्यसै संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको थियो । त्यस साधारण सभामा सोही संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संस्थाका अध्यक्ष सागरमान व्यञ्जनकारले राज्यका नियमनकारी निकायको नीति , निर्देशन ,सल्लाह र सुझावलाई पालना गरी सहकारीको सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गरी सञ्चालन भइरहेको हाम्रो यो संस्था शेयर सदस्य महानुभावहरुको निरन्तर साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र परिश्रमले निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको बताउदै परिवर्तित समय अनुरुप यस संस्थाको सेवालाई थप गुणस्तरीय बनाउदै लाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले आउदै गरेका बडादशैं, तिहार , छठ तथा नेपाल संवतको नव वर्ष ११४३ को पावन अवसरमा सबै शुभकामना व्यक्त गर्नु भएको थियो ।

साधारण सभाबाट पारित भएको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ को अन्तसम्ममा त्यस संस्था संस्थामा शेयर सदस्य संख्या १,२१३, शेयर पूँजी रु.१,६२,००,००० , जगेडा कोष रु.१,३०,८३,३३२.११ , कूल निक्षेप निक्षेप रु.१२,०५,८४,५२४.६९ , कर्जा लगानी रु.१२,४५,०९,६४०, सम्पति रु.१६,४३,२६,०६० र व्याज आम्दानी रु.१,०९,८८,१६६ रहेको उल्लेख छ । त्यसैगरी उक्त प्रतिवेदनमा सो संस्थाले आर्थिक वर्ष २०७०७९ मा गरेका कार्य र चालु आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गर्ने योजन र कार्यक्रम उल्लेख छ ।

Leave a Reply