१३ वटा सहकारी संघले बुझाए सहकारी विभागमा ज्ञापन-पत्र

बागमती प्रदेश सहकारी संघ लि. सहित १३ वटा सहकारी संघले संयुक्त रुपमा सहकारी विभागमा सहकारी ऐन र नियममा व्यवस्था भएका सहकारी कर्जा सूचना केन्द्रको स्थापना , सहकारी कर्जा असुली न्यायधीकरण गठन र सन्दर्भ व्याजदर पुनरावलोकनको माग सहित ५ बुँदे माग ज्ञापन-पत्र बुझाएका छन् । ज्ञापन-पत्रमा बैंक तथा वित्तीय संस्थाको तरलता व्यवस्थापनको लागि नेपाल राष्ट्र बैंकले जसरी नै सहकारी क्षेत्रको तरलता व्यवस्थापनको लागि सहकारी विभागले अभिभावकको भूमिका निर्वाह गरी कोषको व्यवस्था गर्नु पर्ने , सहकारी बचत तथा कर्जा सुरक्षण कोषको स्थापना गर्नु पर्ने र सहकारी क्षेत्रको बारेमा आएका नकारात्मक समाचार सम्प्रेषणको खण्डन गरी सकारात्मक सन्देश प्रवाह गर्नु पर्ने माग उल्लेख छ ।

Leave a Reply