कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिले अनिवार्य पीसीआर टेष्ट गर्न नपर्ने

काठमाडौं/ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई अनिवार्य पीसीआर(PCR) टेष्ट नगर्न सबै स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई निर्देश गरेको छ । शुक्रबार सो मन्त्रालयका सह-प्रवक्ता शमीरकुमार अधिकारीद्वारा जारी प्रेस विज्ञप्तीमा यही फागुन २३ गते नेपाल सरकार ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त निर्णय गरेको उल्लेख छ ।

यसबाट नागरिकहरुले सहज महशुस गरेको देखिएको छ ।नेपालमा कोरोना कहर शुरु भएदेखि अनिवार्य पीसीआर टेष्ट गर्नै पर्ने प्रावधानले नागरिकहरु हैरान थिए ।

Leave a Reply