मेडिकलका विद्यार्थीको इण्टर्नसिप पारिश्रमिक भत्ता बढाउन माग

चिकित्सा शिक्षाका विद्यार्थीको इण्टर्नसिप पारिश्रमिक भत्ता अति कम भएक‍ोले त्यसलाई वृद्धि गर्नु पर्ने चिकित्सा शिक्षा संघर्ष अधियानले माग गरेको छ । अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष समेत रहेका सोही अधियानका संय‍ोजक मनिष भट्टराईले ‘चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई प्रदान गर्ने गरेको इण्टर्नसिप पारिश्रमिक भत्ता अति थ‍ोरै हुँदा त्यसले उनीहरुलाई सकस भएकोले वी.प‍ी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा अध्ययनरत विद्यार्थीहरुले इण्टर्नसिय पारिश्रमिक भत्ता बढाउन माग गरि दवावमूलब गतिविधि गरिरहेका छन् र उनीहरुको यो कार्य जायज छ’, भन्नुभयो । उक्त अभियानले जारी गरेको प्रेस विज्ञप्तिम उनीहरुलाई प्रति व्यक्ति दिनको न्युनतम रु.१,००० पर्ने गरी इण्टर्नसिप पनरिश्रमिक भत्ता उपलब्ध गर्नु पर्ने माग गरिएको उल्लेख छ ।

चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई केही मेडिकल कलेज/प्रतिष्ठानले प्रदान गर्ने गरेको इण्टर्नसिप पारिश्रमिक भत्ताको विवरण अलगपथलाई प्राप्त भएको छ । जस अनुसार चितवन मेडिकल कलेज, चितवन (CMC, Chitawan)ले रु.११,०००, गण्डकी मेडिकल कलेज, प‍ोखरा (GMC,Pokhara), कास्कीले रु.१२,०००, आईओएम महाराजगञ्ज (IOM Maharajgunj), काठमाडौंले रु.२१,००० , पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान , ललितपुरले रु.१६,०००, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरीले रु.१८,५०० , जानकी मेडिकल कलेज, धनुषा (jMC ,Dhanusha)ले रु.९,०००, नेपालगञ्ज मेडिकल कलेज बाँकेले रु.१३,०००, देवदह मेडिकल कलेज एण्ड रिसर्च सेण्टर, रुपन्देहीले रु.१४,३००, पिपुल्स डेण्टल कलेज, काठमाडौंले रु.११,५००, किष्ट मेडिकल कलेज , ललितपुरले एमबीबीएस (MBBS) र बीडीएस (BDS)का विद्यार्थीलाई रु.१२,५०० र युनिभर्सल कलेज अफ मेडिकल साइन्स, भैरहवा, रुपन्देहीले एमबीबीएस (MBBS) , बीडीएस (BDS) र एनआरस (NRS) का लागि रु.१०,८९० का दरले प्रतिविद्यार्थी इण्टर्नसिप पारिश्रमिक भत्ता दिने गरेका छन् ।

Leave a Reply