१५ महिनादेखि १५ वर्षमुनिका वालवालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम शुरु

काठमाडौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभरका १५ महिनादेखि १५ वर्षमुनिका वालवालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम शुरु गरेको छ । आगामी बैशाख २ गतेसम्म सञ्चालन हुने उक्त खोप कार्यक्रमको बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । जनस्वास्थ्य कार्यालय मार्फत यो खोप नि:शुल्क प्रदान गरिने बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सो अन्तर्गतका जनस्वास्थ्य कार्यालयले आफ्ना नानीहरुलाई टाइफाइड हुनबाट सुरक्षित राख्न यो खोप लगाउन तथा स्वास्थ्य मापदण्ड पालना गर्न र सरसफाईमा ध्यान दिन सबैमा अनुरोध गरेका छन् ।

Leave a Reply