आज बसेको मन्त्रीपरिषदको बैठकले नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई प्रदान गरेको बताइएको छ । सो बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा.देवराज अधिकारीलाई नियुक्त गरेको जनाइएको छ ।
शर्मासँगै नेकपा (माके)का सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री , अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र सुशिला सिर्पाली ठकुरीलाई संस्कृति , पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री , नेकपा (एमाले)का पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री , हरि उप्रेती रक्षा मन्त्री , विमला पौडेल राई परराष्ट्र मन्त्री , भगवती चौधरी महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्री , रास्वपाका शिशिर खनाल शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री , डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र डा.तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री ,राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री एवं उर्जा , जलश्रोत तथा सिञ्चाई मन्त्र , विक्रम पाण्डे शहरी विकास मन्त्री र ध्रुवबहादुर प्रधान कानून , न्याय तथा संसदीय मामिला मन्त्री र दीपकबहादुर सिंह, उर्जा , जलश्रोत तथा सिञ्चाई राज्यमन्त्री बन्नुभएको थियो । हिजो नै नेकपा (एमाले)का तर्फबाट यस अघि नै विना विभागीय मन्त्री बनेका राजेन्द्र राईलाई भूमि व्यवस्था ,सहकारी तथा गरिवी निवारण , दामोदर भण्डारीलाई उद्योग , वाणिज्य तथा आपूर्ति , ज्वालाकुमारी साहलाई कृषि तथा पशुपञ्छी विकास मन्त्री र जनमत पार्टीका अब्दुल खानलाई खानेपानी मन्त्रीको जिम्मेवारी दिइएको थियो तर खान आफूलाई दिने भनिएको मन्त्रालय नपाएको भन्दै मन्त्रालय जानुभएको छैन । जनमत पार्टीले खानेपानी मन्त्रालय दिने भए अर्को पनि मन्त्रालय दिनु पर्ने माग गरेका छन् ।





