सितापाइला बहुउद्देश्यीय सहकारी संस्थाको लि.को अध्यक्षमा केदार मानन्धर पुन: चयन

काठमाडौंको सितापाइलामा रहेको सितापाइला बहुउद्देश्यीय सहकारी संस्था लि.को यही पौष २४ गतेदेखि इकाई सभा हुदै पौष ३० गते शनिबारसम्म सञ्चालन भएको २३औं बार्षिक साधारण सभा पुन: केदार मानन्धरको अध्यक्षतामा सञ्चालक समिति र मनमैया गिरीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत रुपमा चयन गरी सम्पन्न भयो । ४ वर्षे कार्यकाल रहने सो सञ्चालक समितिको उपाध्यक्षमा गौरीप्रसाद दवाडी, सचिवमा सविना शाक्य, कोषाध्यक्षमा अरुण मानव र सदस्यमा डा.तारकबहादुर केसी, धनबहादुर श्रेष्ठ र सुन्दर पन्त र धन बहादुर श्रेष्ठ तथा लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा रविन मानन्धर र प्रेमबहादुर मानन्धर हुनुहुन्छ ।

साधारण सभामा त्यसै संस्थाका अध्यक्ष केदार मानन्धरले सञ्चालक समितिको तर्फबाट संस्थाको बार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक सुन्दर पन्तले संस्थाको लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सो संस्थाले यही पौष २४ गते नागार्जुन नगरपालिकाको वडा नं ८ , भीमढुङ्गामा रहेको श्री बालबोध माध्यमिक विद्यालयमा, पौष २५ गते नागार्जुन नगरपालिकाको वडा नं ६ र ७ को रामकोटको जयन्ती युवा क्लव, डाँडापौवामा, पौष २६ गते नागार्जुन नगरपालिकाको वडा १,२ र ३ को इचंगु सेवाकेन्द्रको पाँचधारा, इचंगुमा , पौष २७ गते चन्द्रागिरि क्षेत्रको ईकाइ सभा श्री चुनदेबी माध्यमिक बिध्यालय थानकोटमा र पौष २८ गते काठमाडौं र ललितपुर महानगरपालिकाका संस्थाको केन्द्रीय , कार्यालय सितापाइलामा शेयर सदस्यहरुको भेला गरिएको थियो भने पौष ३० गते शनिबार शिखर पार्टी प्यालेस कलंकीमा निर्णय प्रमाणित सभा सोही संस्थाका अध्यक्ष केदार मानन्धरको अध्यक्षता तथा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । त्यस अवसरमा प्रमुख अतिथि गिरीले सो संस्थाले गरेको प्रगतिप्रति प्रशन्नता व्यक्त गर्दै त्यस संस्थाको थप प्रगतिको कामना गर्नुभयो । उहाँले सहकारी संस्थाहरुले उत्पादन बृद्धि र रोजगारी सिर्जनामा सहयोग पुग्ने गरी लगानी गर्न र आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्नु पर्नमा जोड दिनुभएको थियो ।

त्यस अवसरमा उक्त संस्थाका अध्यक्ष मानन्धरले शेयर सदस्य महानुभावहरुको अटुट विश्वास , साथ र सहयोग तथा कर्मचारीहरुज्ञमेहनत र परिश्रमले हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भई सहकारी क्षेत्रमा यसको आफ्नो अलग्गै परिचय निर्माण हुन सकेको भन्दै त्यसका लागि सबैमा आभार व्यक्त गर्नुभयो ।

साधारण सभामा शेयर सदस्यहरु बीच छलफल भई ती प्रतिवेदनहरु पारित गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *