सरस्वतीनगर सुधार संघको अध्यक्षमा पेशलकुमार पहाडी पुन: निर्वाचित

काठमाडौं महानगरपालिका वडा नं. ६ मा रहेको सरस्वतीनगर सुधार संघको कार्य समितिको अध्यक्षमा पेशलकुमार पहाडी पुन: निर्वाचित हुनुभएको छ । यही शनिबार सम्पन्न निर्वाचनबाट दुई वर्ष कार्यकाल रहने सो संघको वरिष्ठ उपाध्यक्षमा शेखरनाथ आचार्य , महिला उपाध्यक्षमा सावित्रा खड्का बोगटी , महासचिवमा शालिकराम तिमल्सिना , सचिवमा सञ्जय सापकोटा , कोषाध्यक्षमा वीरेन्द्रकुमार श्रेष्ठ , सह-कोषाध्यक्षमा तुलशा गौतम तथा सदस्यमा जीवनकुमार श्रेष्ठ , समीक्षा तामाङ , मिना श्रेष्ठ र मोहनप्रसाद पौडेल विजयी हुनुभयो ।

सरस्वतीनगर सुधार संघको कार्य समितिको उक्त निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वार पेशलकुमार पहाडीले ३०७ मत , रामहरि श्रेष्ठले २७३ मत , माधवप्रसाद त्रिपाठीले १२० मत र अष्ठबहादुर गुरुङले २१ मत पाउनुभयो , यद्धपि सोही संघका पूर्व उपाध्यक्ष समेत रहेका अध्यक्ष पदका प्रत्यासी अष्ठबहादुर गुरङले निर्वाचनका दिन आफूले सो संघको अध्यक्ष पदको उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्नुभएको थियो । त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार शेखरनाथ आचार्यले ३७१ मत र गेल्बु शेर्पाले ३०६ मत प्राप्त गर्नुभयो । यस्तै महिला उपाध्यक्ष पदका उम्मेद्वार सावित्री खड्का बोगटीले ३९० मत र सीता नेपालले २८९ मत प्राप्त गर्नुभयो । यसैगरी महासचिव पदका उम्मेद्वार शालिकराम तिमल्सिनाले ४१० मत र मधुसुदन चालिसेले २६४ मत पाउनुभयो । यसैगरी सचिव पदका उम्मेद्वार सञ्जय सापकोटाले ३३९ मत र शिवशरण अधिकारीले ३०८ मत पाउनुभयो ।

संघको कोषाध्यक्ष पदका उम्मेद्वार वीरेन्द्रकुमार श्रेष्ठले ३५८ मत र राजेश्वर कर्माचार्यले २९४ मत पाउनुभयो भन सह-कोषाध्यक्ष पदका उम्मेद्वार तुलशा गौतमले ३०२ मत प्राप्त , लक्ष्मीप्रसाद लुइटेलले २०४ मत र पारस चापागाईंले १५३ प्राप्त गर्नुभयो ।

यसैगरी सदस्य पदका उम्मेद्वार जीवनकुमार श्रेष्ठले ३६८ मत , समीक्षा तामाङले ३६४ मत , मिना श्रेष्ठले ३४९ मत , मोहनप्रसाद पौडेलले ३४३ मत , समरबहादुर खड्काले ३२३ मत , मुकुन्द सुवेदीले २९७ मत र कृष्णराम खनालले २८९ मत प्राप्त गर्नुभयो ।

यो संघ चुनावमा ९४४ जना मतदाता रहेपनि निर्वाचनमा भने ७७८ मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ । यो संघको निर्वाचनमा पेशलकुमार पहाडी र रामहरि श्रेष्ठको नेतृत्वका दुई प्यानलका उम्मेद्वार बाहेक अध्यक् पदमा थप २ जना र सह-कोषाध्यक्ष पदमा थप १ जनाले उम्मेद्वारी दिनुभएको थियो । यस निर्वाचनबाट उक्त संघको अध्यक्षमा पेशलकुमार पहाडीसँगै उहाँ नेतृत्वको प्यानलबाट महिला उपाध्यक्षमा सावित्रा खड्का बोगटी , महासचिवमा यस अघिका सचिव शालिकराम तिमल्सिना , कोषाध्यक्षमा वीरेन्द्रकुमार श्रेष्ठ र सदस्यमा जीवनकुमार श्रेष्ठ र समीक्षा तामाङ मात्रै विजयी हुनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *