राष्ट्रिय सहकारी बैंक लि.का नवनिर्वाचित सञ्चालकहरुको जिम्वेवारी निर्धारण गरिएको छ । सो बैंकको शनिबार बसेको बेठकले सञ्चालकहरु महेन्द्रकुमार गिरीलाई लघुवित्त तथा उद्यम उप-समिति संयोजकका साथै १ नं. प्रदेश संयोजक , विश्वनाथ मण्डललाई मधेश प्रदेश संयोजक , रामहरि बजगाईँलाई बागमती प्रदेश संयोजक , रामबहादुर जी.सी.लाई सूचना , सञ्चार , प्रकाशन तथा प्रविधि उप-समिति संयोजकका साथै गण्डकी प्रदेश संयोजक , विजया धिताललाई लुम्बिनी प्रदेश संयोजक , कालीबहादुर महतारालाई कर्णाली प्रदेश संयोजक र शिवा थापालाई घरेलु तथा साना उद्योग विकास उप- समितिको संयोजकका साथै सुदूर पश्चिम प्रदेश संयोजक , तारा गुरुङलाई लैंगिक समानता उप-समितिको संयोजक , मनोजकुमार थापा मगरलाई व्यवसाय प्रवर्द्धन , एकीकरण तथा स्तरीकरण उप-समिति संयोजक ,पार्वती थापालाई कर्मचारी सेवा सुविधा उप-समिति संयोजक ,अमृता सुब्बालाई सम्पति शुद्धिकरण अनुगमन उप-समिति संयोजक , केदार मानन्धरलाई नीति निर्माण कार्यक्रम उप-समिति संयोजक , माधवलाल देवकोटालाई शिक्षा तालिम तथा सम्मान उप-समिति संयोजक र ध्रुवराज विष्टलाई जोखिम व्यवस्थापन उप-समिति संयोजकको जिम्मेवारी प्रदान गरेको जनाएको छ । उप-समितिहरुका सदस्यहरुमा भने यसै बैंकका सञ्चालक तथा यो बैंकका सदस्य संघ/संस्थाका प्रतिनिधिहरुलाई चयन गर्ने त्यसै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले जानकारी दिनुभयो । । यस बैंकको व्यवसाय विस्तार सदस्य सहकारी संस्थाको विकास र प्रवर्द्धनमा सहयोग पु-याउने उद्देश्यले उप-समितिहरु निर्माण गरेको सोही बैंकका अध्यक्ष के.बी.उप्रतीको भनाई छ ।
गत पुस १८ गते सम्पन्न उक्त बैंकको १९औऔ वार्षिक साधारण सभाले पुन: के.बी. उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको थियो ।
मुख्य कार्यालय सहित ६८ वटा शाखा कार्यालयबाट आफ्ना १५ हजार भन्दा सदस्यहरुलाई सो बैंकले सेवा प्रवाह गर्दै आएको छ । यो बैंकले कतै गोष्ठि तथा अन्तर्क्रिया त कतै आफ्ना सदस्य संघ/संस्थाहरुको लागि स्तरीकरण कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।





