सवारी साधन नचल्दा उपत्यकाको जनजीवन प्रभावित,सरकार र यातायात मजदूर बीच वार्ता शुरु

आन्दोलनरत यातायात मजदूरहरुको आह्वानमा काठमाडौं उपत्यकामा आज विहानैदेखि सवारी साधन सञ्चालन नहुदा जनजीवन प्रभावित भएको छ । जसका कारण गाडी सञ्चालन हुन नसकेपछि कतिपय स्कुल तथा कलेजहरुले विद्यालय बन्द भएको सूचना एसएमएस गरी विद्याथी र अभिभावकलाई गरेका छन् । यातायातका सवारी साधन नचलेपछि काममा जानु पर्ने धेरै मानिसहरुले सास्ती भोगेका छंन् ।

यता यातायात मजदूरहरुको यो आन्दोलनप्रति अखिल नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष राजकुमार खत्रीले ऐक्यबद्धता जनाउदै सरकारले यातायात मजदूरहरुका जायज माग अविलम्व पूरा गर्नु पर्नेमा जोड दिनु भएको छ ।

यता सरकार र आन्दोलनरत यातायात मजदूर रु बीच सिंहदरबारमा वार्ता शुरु भएको छ । सरकारले वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्ने भन्दै आन्दोलनरत मजदूरहरुका प्रतिनिधिलाई वार्तामा बोलाएकोले वार्ता शुरु भ एको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *