तनहुँ -१ र बारा-२ मा पनि २०८० बैशाख १० गते उपनिर्वाचन हुने

आगामी बैशाख १० गते चितवन क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचन गर्ने तयारी गरिरहेको निर्वाचन आय‍ोग , नेपालले रिक्त रहेका तनहुँ क्षेत्र नं.१ र कनरा क्षेत्र नं.२ मा पनि सोही दिन प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचन गर्ने भएको छ । तनहुँ क्षेत्र नं.१ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा क्षेत्र नं.२ बाट निर्वाचित जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि ती २ निर्वाचन क्षेत्र रिक्त रहेका हुन् । स‍ वषयको जानकारी सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *