भक्तपुरको सूर्यविनायक नगरपालिका-५, कटुञ्जेमा रहेको पारिजात बचत तथा ऋण सहकारी संस्था लि.को चालु आर्थिक वर्ष २०७९/८० को अर्ध-वार्षिक प्रगति समीक्षा तथा २०७९ फाल्गुण मसान्तसम्मको कार्य प्रगति कार्यक्रम यही चैत्र ७ गते मंगलबार सस्थाको आफ्नै भवन ‘पारिजात भवन’ को सभा हलमा सम्पन्न भयो । सोहो संस्थाका अध्यक्ष टंकराज काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव किरण थापाले गर्नुभएको थियो भने उपाध्यक्ष सुरज थापाले धन्यबाद ज्ञापन र प्रबन्धक पारू खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति,सल्लाहकार समिति, विभिन्न उप-समितिहरु,कर्मचारीहरु र शेयर सदस्य गरी ६५ जनाको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा संस्थाका नि:वर्तमान अध्यक्ष तथा तरलता व्यवस्थापन निर्देशक ध्रुवबहादुर रायमाझीले पेश गर्नु भएको संस्थाको अर्ध-वार्षिक प्रगति प्रतिवेदन माथि छलफल गरी सर्वसम्मत रुपमा पारित गरियो भने अध्यक्ष टंकराज काफ्लेले संस्थाको विविध गतिविधि माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सल्लाहकार वेदप्रसाद सापकोटा , शिक्षा उप-समिति सदस्य गुरुप्रसाद दाहाल र शेयर सदस्य राजेश तजले विषम परिस्थितिमा सदस्यहरुको मनोभाबना बुझेर अगाडि बढ्न र लामो अवधिको वचत बढाई सस्थाको स्थायित्व कायम गर्न सुझाब दिनु भएको थियो।
कार्यक्रमको संस्थाका नि;बर्तमान अध्यक्ष ध्रुबबहादुर रायमाझीले उद्घाटन गर्नु भएको थपयो ।






