आज मन्त्रीपरिषद बिस्तार गर्ने य‍ोजनामा प्रधानमन्त्री प्रचण्ड

सत्ता गठबन्धनमा रहेका ९ दल बीच मन्त्रीपरिषदमा भागबण्डा मिलेसँगै नेमपा (माके)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नेतृत्वको मन्त्रीपरिसद आज बिस्तार गर्ने य‍‍ोजनामा रहनुभएको जनाइएको छ । हिजो नेपाली कांग्रेसलाई अर्थ सहित ८ मन्त्रालय , सरकारको नेतृत्व गरेक‍ो नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई गृह सहित ५ मन्त्रालय , जनता समाजवादी पार्टी , नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लाई २/२ मन्त्रालय , जनमत पार्टी, ल‍‍ोकतान्त्रिक समाजवादी पार्टी , नागरिक उन्मुक्ति पार्टी , नेपाल समाजवादी पार्टी र आम जनता पार्टौले १/१ मन्त्रालय लिने गरी मन्त्रालयको भागबण्डा गर्ने सहमती भएको जनाइएको छ । मन्त्रीपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत सहभागी गराउन प्रयास गरेपनि यसबेलासम्म सम्भव हुन नसकेको एक नेताले बताए । यसैगरी सरकारमा सहभागी दलहरुले सरकारको न्युनतम कार्यक्रमलाई आज साझसम्म अन्तिम रुप दिने गरि कार्य भइरहेको नेताहरुले बताएका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले यही चैत्र ६ गते प्रतिनिधि सभाबाट पुन: विश्वासको मत लिएपनि सत्ता गठबन्धनमा रहेका दलहरु बीच मन्त्रालय भागबण्डा लगनयतका विषयमा सहमती हुन समय लागेकोले मन्त्रीपरिषद बिस्तार केही ढिलो भएको बताइएक‍ो छ । प्रदेश सरकार सहितका विषय प्याकेजमा टुङ्गो लगाएर मन्त्रीपरिषद बिस्तार गर्ने गरी दलहरुले कार्य गरेकाले मन्त्रीपरिषद बिस्तार अलि ढिलो हुन पुगेक‍ो नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाकौ भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *