नेकपा (एस)ले भुसाल र ज्वालालाई सरकारमा पठाउने

सत्ता गठबन्धनमा आवद्ध दलहरु बीच भएको मन्त्रालय भागबण्डा गर्ने क्रममा २ मन्त्रालय पाउने सुनिश्चित भएसँगै नेकपा (एस)ले उपाध्यक्ष डा. बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला बुढाथ‍‍ोकीलाई सरकारमा पठाउने जनाएको छ । भुसाल राष्ट्रिय सभा सदस्य र ज्वाला तत्कनलीन सत्ता गठबन्धनको सहयोगमा सल्यानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।

यसैगरी सो पार्टीले उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीको राजीनामा स्वीकृत गरेको उक्त पार्टीले जनरी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *