सहकारी अभियानले शक्ति प्रदर्शनका साथ साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी ६६औ राष्ट्रिय सहकारी दिवस मनाउदै छ । ६६औं राष्ट्रिय सहकारी दिवसको नारा ‘सहकारीको दिगोपना : स्वनियमन र सुशासन’ तय गरेको सहकारी अभियानले यही चैत्र २० गते काठमाडौै उपत्यमामा संयुक्त रुपमा प्रभातफेरी गरी शक्ति प्रदर्शन गर्ने जनाएका छ ।



काठमाडौं उपत्यका बाहिर पनि प्रभातफेरी लगायतका कार्यक्रम गरी भव्यताका साथ यो दिवस मनाउने कार्यक्रम रहेको बताइएको छ ।
झण्डै ८ खर्ब जतिको पूँजी रहनुका साथै ७५ लाख भन्दा बढी मानिसहरुको सहभागिता रहेको र १ लाख भन्दा बढीलाई प्रत्य्यक्ष रोजगारी प्रदान गरिरहेको नेपालको सहकारी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको ३ खम्बामध्येको १ खम्बा भनेर नेपालको संविधान, २०७२ मा उल्लेख भएपनि राज्यले सहकारीलाई सो अनुरुपको व्यवहार नगरेको सहकारी अभियान्ताहरु बताउछन् । राज्यले सहकारीको थप विकास र प्रवर्द्धन गरी सहकारी मार्फत उत्पादन , वितरण लगायतका कार्य गर्दा त्यसबाट राम्रो नतिजा प्राप्त हुने सरोकारवालाहरु बताउछन् । नियमनकारी निकायको उदासिनता र गयर-जिम्मेवारीपनको फाइदा उठाएर कतिपय सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकको लापर्वाही र बद्मासीले शहरी क्षेत्रका केही वित्तीय कारोकार गर्ने सहकारी संस्थामा समस्या देखिएपनि सहकारीको सिद्धान्त, मुल्य र मान्यतालाई आत्मसाथ गरी समुदायमा आधारित रहेर सञ्चालन भएका सहकारी संघ/संस्थाहरूको अवस्था राम्रो रहेको जानकारहरुको भनाइ छ ।





