आउदो बैशाख १० गते हुने प्रतिनिधि सभाको उप-निर्वाचनमा तनहुँ-मा नेपाली कांग्रेसका गोविन्द भट्टराई , चितवन-२ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा-२ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेद्वार उपेन्द्र यादवलाई जिताउन नेपाली कांग्रेस, नेपाल कम्युगिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल , नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) र लोकतान्त्रिक समाजवादी पार्टीको ५ दलीय मोर्चाले अनुरोध गरेको छ । मंगलबार सो मोर्चाका नेताहरुले संयुक्त प्रेस विज्ञप्ति जारी सो अनुरोध गरेका हुन् ।

यो उप-निर्वाचनमा नेकपा(माके), नेकपा (एस) र लोसपाले आफ्नो उम्मेद्वार नउठाई तनहुँ-१ र चितवन-२ मा नेपाली कांग्रेस र बारा-२ मा जसपाका उम्मेद्वारलाई समर्थन गरेका छन् ।
सो उप-चुनावका लागि यही चैत्र २० गते तनहुँ-१, चितवन-२ र बारा-२ मा गरी राजनीतिक दलहरु तथा स्वतन्त्र गरि ६९ जनाले उम्मेद्वार मनोनयन गरेको निर्वाचन आयोग , नेपालले जनाएको छ ।






