६६औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति, ललितपुरको आयोजनामा गोष्ठी सम्पन्न

६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार ललितपुरमा ६६औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति, ललितपुरक‍ो आय‍ोजनामा “नेपालको बर्तमान अर्थतन्त्र र सहकारी क्षेत्रमा प्रभाव” विषयक जिल्ला स्तरीय ग‍ोष्ठी सम्पन्न भयो । ६६औं राष्ट्रिय सहकारी दिवस , मूल समारोह समिति, ललितपुरका अध्यक्ष केदार ग‍ोर्खालीको अध्यक्षतामा सम्पन्न सो गोष्ठीमा आफ्नो विचार व्यक्त गर्दै नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रपतिका आर्थिक सल्लाहकार डा.चिरञ्जीवी नेपालले रेमिट्यान्स बढिरहेको छ तर आन्तरिक रुपमा देशको अर्थतन्त्रमा अझै अस्थिरता रहेकोले वित्तीय अनुशासन पालना गर्नु पर्नेमा ज‍ोड दिनुभयो । यसैगरी राष्ट्रिय सहकारी महासंघ लि., नेपालकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सन्दर्भ व्याजदर अवधारणाका कारणले सहकारीमा अहिलेको अवस्था उत्पन्न भएको बताउनुभयो । रुस-युक्रेन युद्धधका कारण सिर्जना भएको आर्थिक मन्दीक‍ो प्रभाव सहकारी क्षेत्रमा पनि परेको भन्दै उहाँले धेरै ऋणी सदस्यहरुले सहकारी संस्थाको ऋणको किस्ता , सावाँ र व्याज समयमा नतिर्दा सहकारी संस्थामा तरलताको समस्या आउन थालेक‍ो बताउनुभय‍ो । डिभिजन सहकारी कार्यालय बिघटन भएसँगै नियमनकारी निकायकाट सहकारीको राम्र‍ोसँग अनुगमन र निरीक्षण हुन नसकेक‍ो उहाँको भनाइ छ । त्यसैगरी राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.वी. उप्रेतीले राष्ट्रिय सहकारी बैंक लि.को गतिबिधिको बारेमा प्रकाश पार्दै सहकारीको बारेमा चलेका अनावश्यक हल्लालाई चिरेर सहकारीप्रति मानिसहरुमा सकारात्मक सोचको विकास गर्नु पर्नेमा जोड दिनुभयो । राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का ञघ्यक्ष रामहरि बजगाईँले सञ्चालन र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सञ्चालक तथा बहुउद्देश्यीय सहकारी संघ लि.,ललितपुरका अध्यक्ष शरदकुमार महर्जनले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस सभामा ललितपुरका सहकारी संघ/संस्थाका २०० जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

गोष्ठीको अध्यक्षता गर्नु भएका जिल्ला सहकारी संघ लि., ललितपुरका अध्यक्ष गोर्खालीले उक्त गोष्ठीको आवश्यकता र औचित्यको बारेमा प्रकाश पार्दै ललितपुरको सहकारी अभियानले सानातिना विषयमा पनि सरोकारवाला बीच छलफल गरी समस्याको समाधान गर्ने गरेको जानकारी दिनुभयो ।

ग‍ोष्ठीमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र प्रशासकीय प्रमुख गणेश अर्यालले पनि आ-आफ्नो विचार व्यक्त गर्नुभयो । ग‍ोष्ठीमा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा प्रवक्ता रामबहादुर जी.सी. , बागमती प्रदेश सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जन , सञ्चालक अम्बिका थापा लगायतको आतिथ्यता रहेको थपयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *