नेकपा बाराको संय‍ोजकमा अनिल भण्डारी !

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला हिजो निजगढमा सम्पन्न भयो । भेलामा शुभकामना मन्तव्य व्यक्त गर्दै सोही पार्टीका अध्यक्ष ऋषि कट्टेलले सच्चा क्रान्तिकारी तथा देशभक्तहरु नेपाल कम्युनिष्ट पार्टीमा ग‍ोलबन्द हुने क्रम जारी रहेको बताउनुभयो । उहाँले सच्चा क्रान्तिकारी तथा देशभक्तहरुको शक्ति मजबूत नभएसम्म समाजमा उत्पीडित वर्ग र समुदायको न मुक्ति सम्भव छ न राष्ट्रिय स्वाधीनताको रक्षा नै हुन सक्छ , त्यसैले सच्चा क्रान्तिकारी र देशभक्तहरु एकजुट हुनु पर्नेमा ज‍ोड दिनुभयो । उहाँले संसारका कुनै पनि देशमा संसदीय व्यवस्थाबाट श्रमजीवी जनताको हक अधिकार सुरक्षित भएको आफूले नदेखेक‍‍ोले नयाँ जनवादी राज्य व्यवस्था स्थापाको दिशामा अगाडि बढ्नु पर्ने खाँचो औंल्याउनुभवो । राज्यले मिटरव्याज पीडित लगायतका उत्पीडित वर्ग र समुदायका समस्या अविलम्व समाभान गर्नु पर्ने उहाँको भनाइ छ । भेलामा उक्त पार्टीका उपाध्यक्ष आर.बी. भण्डारी, नेताहरु खेमनारायण ढुंगाना, विपत्ति मण्डल, विष्णु बराल र विष्णु ढुंगानाले समसामयिक विषयमा आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।

सो भेलाले अनिल भण्डारीको संय‍ोजकत्वमा नेपाल कम्युनिष्ट पार्टीको बारा जिल्ला संय‍ोजन समिति निर्माण गरेक‍ो जनाइएको छ । त्यस समितिको सदस्यमाजयबहादुर घलान , मुक्ति अधिकारी , खेम बराल र गोपाल आचार्य हुनुहुन्छ ।

मोरङमा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टीको मोरङ जिल्ला समितिको आय‍‍ोजनामा एक दिवसीय प्रशिक्षण कार्यक्रम यही चैत्र १९ गते आइतबार सम्पन्न भएको स‍ोही पार्टीका केन्द्रीय सचिवालय सदि्य तथा कोशी प्रदेश समितिका अध्यक्ष सतिलाल चौधरीले अलगपथलाई बताउनुभयो । उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, उपाध्यक्ष आर.बी. भण्डारी , नेता खेमनारायण ढुंगाना लगायतले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *