उप-निर्वाचनको मिति नजिकिएसँगै बारा, चितवन र तनहुँमा चुनावी रौनक उत्कर्षमा

उप-निर्वाचनको मिति नजिकिएसँगै प्रतिनिधि सभा सदस्य रिक्त रहेका बारा क्षेत्र नं.२, चितवन क्षेत्र नं.२ र तनहुँ क्षेत्र नं. १ चुनावी सरगर्मी ह्वातै बढेको छ । तीन वटै निर्वाचन क्षेत्रमा प्रतिष्ठाको विषय बनाएर राजनीतिक दलहरुले आफ्नो पूरै शक्ति लगाएर आफ्ना उम्मेद्वारको पक्षमा माहोल बनाउन लागिरहेका छन् भने स्वतन्त्र उम्मेद्वारहरु पनि आफ्ना समर्थक सुभचिन्तकका साथ आफ्न‍ो पक्षमा माह‍ोल निर्माण गर्न सबै उपाय लगाएर लागिरहेका छन् । उम्मेद्वार र तिनका समर्थक र शुभचिन्तकहरु मतदाताहरु समक्ष विकास निर्माणका कार्य गर्ने भनेर बाचा कबोल गरिरहेपनि धेरैजस‍ो मतदाताहरु भने कुनै उम्मेद्वारक‍ो पक्षमा खुलेक‍‍ो देखिदैन ।

यो उप-निर्वाचनमा बारा क्षेत्र.२, चितवन क्षेत्र नं.२ र तनहुँ क्षेत्र नं.१ मा राजनीतिक दलहरुका गरी ६९ जना उम्मेद्वार तुनावी मैदानमा छन् । यो उप-निर्वाचनमा सबै भन्दा बढी तिक्तता बारा क्षेत्र नं.२ मा जनता समाजवादी पार्टी , नेपाल र जनमत पार्टीका उम्मेद्वार बीच देखिएको छ भने चितवन क्षेत्र नं.२ मा रास्वपाका उम्मेद्वार रवि लामिछाने अरु राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारको विर‍ोधको तार‍ो बनेको देखिएको छ ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माके) , जसपा , नेकपा (एस) र ल‍‍‍‍ोसपाा साझा उम्मेद्वारको रुपमा तनहुँ क्षेत्र नं.१ मा नेपाली कांग्रेसका नेता ग‍ोविन्द भट्टराई , बारा क्षेत्र नं.२ मा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र चितवन क्षेत्र नं.२ मा नेपाली कांग्रेसका युवा नेता जीतनारायण श्रेष्ठ चुनावी मैदानमा छन् । यसैगरी नेकपा (एमाले)ले बारा क्षेत्र नं.२ मा पूर्व मन्त्री पुरुष‍ोत्तम पौडेल , चितवन क्षेत्र नं.२ मा चितवन जिल्ला कमिटीका अध्पक्ष रामप्रसनद न्यौपाने र तनहुँ क्षेत्र नं.१ मा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई चुनावी मैदानमा खडा गरेको छ भने रास्वपाले चितवन क्षेत्र नं.२ मा सभापति रवि लामिछाने , तनहुँ क्षेत्र नं.१ मा नेपाली कांग्रेस परित्याग गरेका स्वर्णिम वाग्ले र बारा क्षेत्र नं.२ मा सुशासन पार्टीका अध्यक्ष तथा नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक रमेश खरेललाई उम्मेद्वार बनाएक‍ो छ । यो उप-निर्वाचनमा राप्रपा , जनमत पनर्टी , नागरिक उन्मुक्ति पार्टी, नेमकिपा , राष्ट्रिय जनम‍ोर्चा लगायतमा दलहरु तथा स्वतन्त्र उम्मेद्वारहरु चुनावी मैदानामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *