रिक्त रहेका बारा-२, तनहुँ-१ र चितवन-२ मा आज प्रतिनिधि सभा सदस्य पदका लागि उपनिर्वाचन हुदैछ । विहान ७ बजेदेखि मतदान शुरु हुन लागेको बताइएको छ । अपरान्ह ५ बजेसम्म मतदानका लागि लाइनमा बसेका मतदाताले मतदान गर्न पाउने छन् । उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ । उपनिर्वाचन हुने ३ वटै निर्वाचन क्षेत्रमा आज सार्वजनिक बिदा दिनुका साथै मतदान नसकिदासम्म अत्यावश्यक काममा बाहेक सवारी साधन चलाउन निशेध गरिएको छ ।
मतदान सकिए लगत्तै मतपेटिका संकलन गरी सकेसम्म आजै साझबाट मतगणना शुरु गरी ३ दिन भित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको निर्वाचन आयोग, नेपालका अधिकारीहरुको भनाइ छ ।
मतगणना स्थलमा सीसी क्यामेरा समेत जडान गरिएको जनाइएको छ ।





