एउटा इञ्जिनको भरमा फ्लाई दुबईको जहाज लाग्यो गन्तब्यतर्फ

आज साझ ९:२३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमननस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको कलसाइन एफडीबी ५७६ जहाजको एउटा इञ्जिन उडको केही बेरमै फेल भएर आगोको झिल्को उत्पन्न भएपनि चालक दलले अर्को एउटा इञ्जिनको भरमा सुरक्षित तवरकाट गन्तब्यतर्फ उडाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको भनाइ छ । सो जहाजको इञ्जिन ठूलो आवाजका साथ पड्किएको आवाज आउनुका साथै काठमाडौं र ललितपुरको आकाशमा उक्तञ जहाजमा आगोको झिल्का देखिएको थियो । ४९ जना स्वदेशी र १२० जना विदेशी नागरिक सवार त्यस जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकास्मिक अवतरणको लागि तपारी गरिएपनि चालक दलले भने जहाज गन्तब्यतर्फ अगाडि बढाएपछि आकाशमा ह‍ोल्ड गरिएका ४ वटा जहाजलाई त्रिभुवन अनतर्राष्ट्रिय विमननस्थलमा अवतरण गर्न दिएको बताइएको छ । चालक दलको सुझबुझले यो जहाज दुर्घटनाको मुखमा पुगेर पनि दुर्घटना हुनबाट बचेको देखिएक‍ो छ । जहाजले सुरक्षित रुपमा गन्तब्यतर्फ गइरहको जानकारहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *