पार्टी एकीकरणको कसरत गरिरहेका दुई कम्युनिष्ट पार्टी एकीकरण गर्न सहमत भएका छन् । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कन्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बीच भोलि एकीकरण घोषणा हुने भएको छ । एकीकृत पार्टीको नाम क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल राख्ने र एक वर्ष भित्र यो पार्टीको एकता महाधिवेशन गर्ने टुङ्गो लागेको जनाइएको छ । उक्त महाधिवेशन नहुदासम्म सो पार्टीको संयोजकमा मोहन वैद्य किरण’ र प्रवक्तामा धर्मेन्द्र बास्तोला रहने गरि १५ सदस्यीय केन्द्रीय कार्यालय र २६७ सदस्यीय एकता महाधिवेशन आयोजक समिति रहने रहने छ । दुबै पार्टीका केन्द्रीय समिति सदस्यहरुलाई समावेश गरि एकता महाधिवेशन आयोजक समिति बनेको बताइएको छ ।
स्थानीय तहको निर्वाचन लगायतका विषयमा मतभेद भएपछि विप्लव नेतृत्वको नेकपा विभाजन भई धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेमपा (बहुमत) निर्माण भएको थियो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन दुई कम्युनिष्ट पार्टी एकीकरण भई क्रान्तिकारी कम्युनिष्ट पनर्टी नेपाल निर्माण भएको घोषणा हुन लाग्दा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल भित्र मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओवाद कि मार्क्सवाद, लेनिनवाद र माओ विचारधारा भन्नेमा एक मत हुन सकेको छैन । यो विवाद पार्टीको एकता महाधिवेशनबाट टुङ्गो लगाउने सोही पार्टीका नेताको भनाइ छ ।
नेकपा अध्यक्ष ऋषि कट्टेलद्वारा बधाई तथा शुभकामना व्यक्त
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बीच पार्टी एकीकरणको टुङगो लागेको खबर सार्वजनिक भएपछि उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले
बधाई तथा शुभकमना व्यक्त गर्नु भएको छ । उहाँले समाजिक सञ्जाल फेसबुकमा सो शभकामना तथा बधाई पोष्ट गर्नु भएको छ । जो यस प्रकार छ ।
“आज नेकपा क्रान्तिकारी माओवादी र नेकपा वहुमत बीच पार्टी एकता भएको समाचार सामाजिक सञ्जालमा देखेँ । पार्टी एकतासम्म पुरयाउन मिहिनेत गर्नु भएका नेतृत्वका सवै कमरेडहरुलाई वधाई साथै नव गठित क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता गुठगत मान्यताबाट माथि उठ्न सकोस् र नेपालको कम्युनिष्ट आन्दोलनको पुर्गठन अभियानलाई सार्थकता दिन सहयोगी बनोस्- शुभकामना दिन चाहन्छु । आवरणमै भएपनि माओवादको भ्रमित चिन्तनवाट वाहिर निस्कन कोशिस गर्नु भएकोमा विशेष धन्यवाद छ । यो एकताले संयुक्त जनक्रान्तिको दिशालाई बलियो बनाउने छ भन्ने विश्वास लिएको छु ।”