आजबाट संघीय संसदका दुबै सदनको वर्षे अधिवेशन शुरु हुदैछ । नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज अपरान्ह ४ बजेका लागि यो अधिवेशन आह्वान गर्नु भएको हो । सोही अनुरुप काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संघीय संसदको दुवै सदनको बैठक अपरान्ह ४ बजे बस्ने जनाइएको छ । यी बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने लगायतका कार्यसूची रहेको बताइएको छ । यसैगरी संघीय संसदको यो अधिवेशनमा सबै भन्दा पहिला नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेटको सिद्धान्त लगायतका विषयमा छलफल गर्ने जनाइएको ।
राष्ट्रिय सभाको १२औं र २०७४ सालको चुनाव पछिको प्रतिनिधि सभाको यो दोश्रो अधिवेशन हो । बजेट अधिवेशन पनि भनिने संघीय संसदको यो अधिवेशनले नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट माथि आवश्यक छलफल गरि यसलाई पारित गर्ने छ ।





