ट‍ोपबहादुर रायमाझी नेकपा(एमाले)को सचिवबाट निलम्वित

एक सातादेखि फरार रहेका नेकपा (एमाले)का सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा नहुदासम्म नेकपा (एमाले)ले केन्द्रीय समिति सचिव पदबाट निलम्वन गरेको जनाएको छ । सो पार्टीका महासचिव शंकर पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएको भन्दै अदालतको अनुमती लिएर गत बुधबार उनी विरुद्ध पक्राउ पूर्जी जारी गरे पछि उनी फरार रहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *