नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सांसद आङ्दावा र बादल पुत्र प्रतीक विरुद्ध पक्राउ पूर्जी जारौ

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको निश्कर्षमा पुगेको प्रहरीले अदालतको अनुमती लिएर पूर्व सांसद आङ्दावा शेर्पा र पूर्व गृह मन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा विरुद्ध पक्राउ पूर्जी जारी गरेको बताइएको छ ।

यो प्रकरणमा १२ जना पक्राउ परिसकेका छन् भने उपप्रधानमन्त्री समेत बनी सकेका नेकपा (एमाले) निलम्वित सचिव तथा सांसद ट‍ोपबहादुर रायमाझी र पूर्व गृह मन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईका छ‍ोरा नीरज फरार रहेको प्रहरीको भनाइ छ ।

पूर्व गृह मन्त्री खाणलाई पार्टीबाट निलम्वन गर्न माग गर्दै ने.वि.संघको विरोध प्रदर्शन

भुटानी शरणार्थी प्रकरणमा जोडिएर प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाणलाई नेपाली कांग्रेसबाट निलम्वनको माग गरि आज ने.वि. संघले

काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसबाट शुरु गरी काठमाडौंमा कैदीको पोषाक लगाएर विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतले पूर्व गृह मन्त्री खाणलाई नेपाली कांग्रेसबाट निलम्वन गर्नु पर्ने पक्षमा रहेपनि सो पार्टीका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अनुसन्धान नसकिदासम्म पूूर्व गृह मन्त्री खाणलाई निलम्वन बारे केही नगर्ने पक्षमा रहेपछि नेपाली कांग्रेस भित्र असन्तुष्टि देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *