सांसद य‍ोगेश भट्टराईले पछिल्लो सार्क शिखर सम्मेलन र विमिष्टेक सम्मेलनको मिति उल्टो बताए

नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले दक्षिण एसियाली क्षेत्रीय सहय‍ग संगठन सार्क र विमिष्टेकका पछिल्ल‍‍ो पटक भएका सम्मेलनको मिति उल्टो बताउनुभएको छ । स‍ोमबार बसेको प्रतिनिधि सभाक‍ो बैठकमा ब‍ोल्दै उहाँले सन् २०१४ विमिष्टेक सम्मेलन र सन् २०१८ मा सार्क शिखर सम्मेलन भएको बताउनुभयो तर सन् २०१४ मा पछिल्लो पटक सार्कको शिखर सम्मेलन काठमाडौंमा भएको थियो भने काठमाडौंमा नै सन् २०१८ मा विमिष्टेक सम्मेलन सम्पन्न भएको थियो ।

सन् २०१४ मा काठमाडौंमा सम्पन्न सार्क शिखर सम्मेलनमा आयोजक राष्ट्रका सरकार प्रमुखको हैसियतले तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको निमन्त्रणामा उक्त सम्मेलनमा भाग लिन काठमाडौंमा आउन भारतले बाटो नदिएपछि चीनको बाटो हुँदै नेपाल आएका पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच सार्क शिखर सम्मेलनको पहिलो दिन सम्वादहिन अवस्था रहेपनि दोश्रो दिन काभ्रेपाञ्चोक सदरमुकाम धुलिखेलस्थित रिस‍ोर्टमा भएको बैठकमा भने उहाँहरु बीच संवाद भएको थियो तर त्यसपछि भने भारत र पाकिस्तान बीच चल्दै आएको द्वन्दले सार्क निष्क्रिय जस्तै बनेको छ । यसलाई सक्रिय बनाउनु पर्ने आवाज उठिरहेको छ तर त्यसले सार्थकता पाउन सकेक‍ो छैन । यसै अन्तर्गत सोमबारको बैठकमा नेकपा (एमाले)का सांसद य‍ोगेश भट्टराईले सार्कको अध्यक्ष राष्ट्रको सरकार प्रमुखको हैसियतले आफ्नो भारत भारत भ्रमणको अवशरमा प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीसँग सार्कको बारेमा कुरा गर्न नसकेको भनी आक्रोश व्यक्त गर्नुभयो ।

यता भारतको विशेष सक्रियतामा अफगानिस्तान र पाकिस्तान बाहेकका सार्कमा आवद्ध नेपाल , भारत, बंगलादेश, श्रीलंका , भुटान र माल्दिप्स तथा म्यान्मार र थाइल्याण्ड सहभागी रहेको विमिष्टेक नामक संगठन निर्माण गरि अगाडि बढाइदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *