उद्योगपति समेत रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बोलेको ‘जब परो राती, तब बुढी ताती’ उखान संसदको रेकर्डबाट हटाउने कार्यलाई धेरै महिलाहरुले सकारात्मक रुपमा लिएको देखिएको छ । लैंगिक विभेद हुने ऐन र नियमको परिवर्तन गर्ने गरि सांसदहरुले कार्य गर्नु पर्ने र लैंगिक विभेद हुने उखान , तुक्का र शब्द अभिव्यक्ति प्रतिबन्ध गर्नु पर्ने र व्यवहारमा लैंगिक समानता हुने कार्य आवश्यक रहेको आवाज उठ्दै आएको छ ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेट माथिको छलफलमा भाग लिएर बोल्ने क्रममा सांसद विनोद चौधरीले ‘जब परो राती, तब बुढी ताती‘ उखान उच्चारण गरे पछि महिला माथि विभेद हुने ‘जब परो राती, तब बुढी ताती‘ लाई संसदको रेकर्डबाट हटाउन र आइन्दा महिला माथि विभेद हुने शब्द उच्चारण नगर्न माग गर्दै नियमापत्ती गरेपछि

सभामुख देवराज घिमिरेले सांसद चौधरीले बलेको जब परो राती, तब बुढी ताती‘लाई संसदको रेकर्डबाट हटाउन आदेश दिनुभएको थियो ।





