छाती दुखेपछि स्वास्थ्य परीक्षणका लागि आज काठमाडौंको बासबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य परीक्षणका क्रममा गरिएको एञ्जियोग्राफीको रिपोर्ट सामान्य आएको सो केन्द्र श्रोतले जनाएको छ । त्यहाँ राष्ट्रपति पौडेलको मुटुको विभिन्न जाँच गरिएको बताइएको छ ।





