नेपाल सरकारले नि:बर्तमान मुख्यसचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । परराष्ट्र मन्त्रालयको सचिव हुँदै मुख्यसचिव नियुक्त भई कार्यरत रहेका बैरागीले मुख्यसचिव पदबाट आजै राजीनामा दिएपछि रिक्त रहेको मुख्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव डा.बैकुण्ठ अर्याललाई नियुक्त गरेको जनाइएको छ ।
आउदो असोज मसान्तपछि मुख्यसचिव पदबाट अनिवार्य अवकास हुने बैरागीलाई नेपालको निजामती प्रशासनको सबै भन्दा उपल्लो पद मुख्यसचिव पदबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरि आजै राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले पद तथा गोपनियताको सपथ गराउनुभयो । कतिपय पूर्व प्रशासकले सम्बन्धित विषयको विज्ञता नै नभएका नि:वर्तमान मुख्यसचिव शंकरदास बैरागीलाई नेपाल सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्नु गलत भएको भन्दै असन्तुष्टी व्यक्त गरेको देखिएको छ ।
यता मुख्यसचिव पदमा नियुक्त भएका डा.अर्याल गत चैतमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा हनुभएको थियो । मुख्यसचिवमा नियुक्त भएका डा.अर्याल २०७५ असार ३ गते सह-सचवबाट सचिवमा बडुवा हुनुभएको थियो । यदी मुख्यसचिव नियुक्त नभएको भए उहाँको आउदो असार ३ गते अनिवार्य अवकास हुने थियो । ५८ वर्षे उमेर हदका कारण नवनियुक्त मुख्यसतिव डा. अर्याल मुख्यसचिव पदको ३ वर्षे कार्यकाल पूरा हुनु अगावै सेवा निवृत्त हुनु हुने छ ।





