जनचेतनामूलक कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय योग दिवस मनाइदै

जनचेतनामूलक कार्यक्रम गर्दै आज अन्तर्राष्ट्रिय योग दिवस मनाइदै छ । यो दिवसको अवसरमा काठमाडौंको शंखपार्क, टुंडिखेल सहितका विभिन्न स्थानमा योगको बारेमा जनचेतनामूलक कार्यक्रम भइरहेका छन् ।

काठमाडौंको शंखमूलस्थित योगापार्कको दृश्य

सन २०१४ मा संयुक्त राष्ट्र संघमा प्रत्येक वर्षको जून २१ तारेकको दिन अन्तर्राष्ट्रिय योग दिवसमा मनाउने निर्णय भए अनुरुप सन् २०१५ को जून २१ तारेकको दिनदेखि यता हरेक वर्षको जून २१ तारेकको दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइदै आएको छ ।

परापूर्व कालदेखि नै पूर्वीय सभ्यतामा सन्तुलित आहार विहार, योग र ध्यानलाई विशेष महत्वको रुपमा लिने गरिएको छ । विभिन्न ऋषिहरुले य‍ोग र ध्यानको विकासका लागि महत्वपूर्ण योगदान गरेको पुराना ग्रन्थहरुमा उल्लेख छ । रामदेव लगायतका योग साधकहरुले योगको महत्वको बारेमा गरेको प्रचारात्मक कार्यले योगको महत्व विश्वव्यापी बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *