कागजात किर्ते गरेको अभियोगमा सांसद सुनिल शर्मा पक्राउ , सीआईबीद्वारा संघीय संसद सचिवालयलाई जानकारी दिदै

सीआईबीले म‍ोरङ क्षेत्र नं.३ बाट निर्वाचित नेपाल कांंग्रेसका सांंसद डा.सुनिल शर्मालाई

आज पक्राउ गरेको जनाएको छ । काठमाडौंको गोल्फुटारस्थित आफ्नै निवासबाट पक्राउ परेका सांसद शर्मा शैक्षिक प्रमाण-पत्र कीर्ते गरेको अभियोगमा पक्राउ परेको प्रहरीको भनाइ छ । सांसद शर्मालाई पक्राउ गरेको जानकारी सीआईबीले संंघीय संंसद सचिवालयलाई आजै दिने जनाएको छ ।

पक्राउ परेका सांसद शर्माले केही दिन अघि काठमाडौंको सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले भन्सार पास भएर बाहिर निस्केको १०० किलो जति सुन पक्रेको काण्डमा उपप्रधानमन्त्री तथा गुह मन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा.प्रकाशशरण महतको सम्लग्नता रहेकोले उपप्रधानमन्त्री तथा गृह मन्त्री श्रेष्ठ र मन्त्री डा.महतले पदबाट रााजीनामा दिनु पर्ने माग गर्दै आउनुभएको थियो । उहाँले ललिता निवास जग्गा प्रकरणको सीआईीबीले गरिरहेको छानविनको प्रक्रियाप्रति पनि असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ । उहाँको ‘शैैैक्षिक प्रमाण-पत्र नक्कली कि सक्कली भन्ने बारेमा चर्चा भएपछि उहाँले आफ्नो शैैैक्षिक प्रमाण-पत्र सक्कली हो , कसैले नक्कली भन्छ भने प्रमाणित गरेर देखाउन चुनौती दिन्छु’ भनेर सञ्चारकर्मीलाई बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *