शिक्षामा निजीकरण र व्यापारीकरणको अन्य गर्दै समग्र शिक्षा ऐन ल्याउन ८ विद्यार्थी संंगठनले माग गरेका छन् । काठमाडौंको कोटेश्वर पेरिसडाँडास्थित नेकपा (माके)को केन्द्रीद्री कार्यालयमा आज बसेको ८ विद्यार्थी संंगठनको संयुक्त बैठकले ४ बुँदे माग पूरा गराउन एकढिक्का भएर शसक्त आन्दोलन गर्ने निर्णय गरेको बैैैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा उल्ल्ख छ । सो बैठकले भोलि दिउसो २ बजे माइतीघर मण्डलामा सडक पत्रकार सम्मेलन गर्ने निर्णय गरेको सोही प्रेस विज्ञप्तिमा उल्लेख छ ।





