नेकपा (एमाले)को प्रदेश अधिबेशन २०८० भदौ १६ देखि अस‍ोज २२ गते सम्म

नेकपा (एमाले)ले पार्टीको प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि २०८० भदौ १६ देखि असोज २२ गतेसम्म सबै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन सम्पन्न गर्ने भएको छ । ललितपुरको च्यासलस्थित सो पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैैैठकले उक्त निर्णय गरेको जनाइएको छ । ती सबै प्रदेश अधिवेशनको सोही पार्टीका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले उद्घाटन गर्नु हुुने छ ।

नेकपा (एमालेले २०८० भदौ १६ र १७ गते लुम्बिनी प्रदेश , २०८० असोज ५ र ६ गते मधेश प्रदेश , २०८० असोज ८ र ९ गते बागमती प्रदेश , २०८० असोज १० र ११ कर्णाली प्रदेश , २०८० असोज १२ र १३ गते कोशी प्रदेश , २०८० असोज १५ र १६ गते गण्डकी प्रदेश, २०८० असोज १९ र २० गते उपत्यका विशेष प्रदेश र २०८० असोज २१ र २२ गते सुुदूरपश्चिम प्रदेश अधिबेशन सम्पन्न गर्ने त्यस बैठकले निर्णण गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *