सिनामंगलबाट पक्रिएको ब्रेक शु भित्रको सुनको तौल ६० किलोग्राम ७८९ ग्राम

गत साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले पक्रिएको ब्रेक शु भित्रकाट निकालिएको सुनको तौल ६० किलोग्राम ७८९ ग्राम मात्रै रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक शु बाट निकालेर आज उक्त सुन जोखिएको नेपाल राष्ट्र बैंकका अधिकरीहरु बताए । भ‍ोलिदेखि सो सुन गाल्न थाल्ने र गाल्दा यसको तौल अरु कम हुने उनीहरुको भनाइ छ ।

ब्रेक शु सहित जोख्दा उक्त सुनको तौल १५५ किल‍ोग्राम भएको बताइएको थपयो ।

सुन प्ररकरणकै विषयलाई लिएर आज पनि एमालेद्वारा प्रतिनिधि सभाको बैठक अवरुदध , सुन प्रकरणको छानविन गर्न छुट्टै छानविन समिति नबनाउने पक्षमा नेपाली कांग्रेेस

सुन प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाउनु पर्ने माग गर्दै नेकपा (एमाले)ले आज पनि नाराबाजी गरि प्रतिनिधि सभाको बैठक अवरुद्ध ग-यो । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद मानवीी राईले

एयरपोर्टमा भइरहेको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समिति बनाउनु पर्ने माग गर्नुभयो। उहाँले तस्करहरुसँग फोनमा २०० पटकसम्म कुरा गर्ने पूर्व सभामुख कृष्णबहादुर महराका बाबुछोरालाई कारवाही नगरिएको भन्दै आक्र‍ोस व्यक्त गर्नुभयो तर सीआईबी सहितका राज्य संंयन्त्रबाट सुन तस्करी प्रकरणको छानविन हुुनु पर्ने पक्षमा उभिएको नेेेकपा (माके) झैं नेपाली कांग्रेस पनि सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय छानविन समिति नबनाउने पक्षमा उभिएको छ । गत शुक्रबारबाट शुरु भई आज सम्पन्न भएको नेपाली कांग्रे्सको संंसदीय दलको बैैैठकले राज्यका भएका निकायले नै सुन तस्करी प्रकरणको छानविन गर्नु पर्ने निर्ण्ण गरेको बताइएको छ । बैठकमा नेेपाली कांंग्रेेेसका सभापति तथा संंसदीय दलका नेेता शेरबहादुर देउवाले बाहिरबाट सुन आउन नछाडेकोले कर लिएर सुन आउन दिनु पर्ने बताउनुभएको प्राप्त खबरमा उल्लेख छ ।

सांसद शर्माद्वारा प्रधानमन्त्री र गृह मन्त्रीको राजीनामा माग

नेकपा (एमाले)ले उठेर विरोध गरिरहदा आजको प्रतिनिधि सभाको बैैैठकमा बोल्दै मेडिकल व्यवसायी समेत रहेका नेपाली कांग्रेसका सांसद सुनिल शर्माले

आतङ्कारी प्रधानमन्त्री र गृह मन्त्रीले राजीनामा दिनु पर्ने माग गर्नुभयो । उहाँले आफूलाई पक्राउ गरि दुर्व्यवहार गरेको भन्दै आपत्ती व्यक्त गर्नुभयो । सांसद शर्माले ब‍‍ोले लगत्तै नेेेकपा (माके)का प्रमुख सचेतक हितराज पाण्डेले सांसद शर्माको प्रधानमन्त्री र गृह मन्त्रीलाई आतंककारी भन्ने अभिव्यक्तिप्रति नियमापत्ती गरी त्यसलाई संंसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गर्नुभयो ।

संसद हाइज्याक भयो : रवि लाामिछाने

आज पनि नेकपा (एमाले)ले नाराबाजी गरि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेसँगै रास्वपाका सभापति रवि लामिछानेले

संंसद हाइज्सयाक भएको भन्दै विरोध गर्नुभयो । नेकपा (एमाले)का सांसद मानवीर राईले बोले लगत्तै सभामुख देवराज घिमिरेले सुन्य समय शुुरु भएको भनेपछि रास्वपाका सांसदद्वय रवि लामिछाने र विराजभक्त श्रेष्ठले बोल्न समय माग्नु भएको थियो तर सभामुख घिमिरेले सांसदद्वय लामिछाने र श्रेष्ठलाई बोल्न समय दिनु भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *