
राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको परीक्षनफल आज सार्वजनिक गरेको छ । यस पटक वर्षको परीक्षामा ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरुले पत्रकार सम्मेलनमा बताए । यो परीक्षामा जीपीए (GPA) ३.६१ देखि ४ जीपीए (GPA) अर्थात ए प्लस (A+) ल्याउने विद्यार्थीको संख्या ६,९७६ रहेको , जो गत वर्षको तुलनामा ०.७२ प्रतिशत रहेको बताइएको छ ।
यो वर्ष गत वर्षको परीक्षामा भन्दा ३ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका उनीहरुको भनाइ छ । यो परीक्षामा ३५ प्रतिशत भन्दा कम अंंक ल्याउने विद्यार्थीको नतिजा नन ग्रेडमा रााखिएको र १,८२,९२६ जना विद्यार्थीको नतिजा नन ग्रेड रहेको र यो गत वर्षको तुलनामा २.८१ प्रतिशत कम रहेको जनाइएको छ । २ विषयसम्मको ग्रेड बृद्धिका लागि विद्यार्थीले ग्रेड बृद्धि परीक्षामा सहभागी हुन सक्ने बताइएको छ ।
४,४८,८३७ जना विद्यार्थीले यो वर्षको कक्षा १२ को परीक्षा दिएका थिए भने गलत क्रियाकलाप गरेका ५१ जना परीक्षार्थीको परीक्षा रद्ध गरिएको थियो।
कक्षा १२ को परीक्षाको नतिजा एसएमएस (SMS) बाट हेर्न सकिने र त्यसका लागि neb लेखेर एक स्पेस दिई सम्बन्धित विद्यार्थीले आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस (SMS) पठाएर हेर्न सकिने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।





