१५ दिनको अन्तरमा दोश्रो पटक पेट्रोल, डिजेल र मट्टितेलको मुल्यबृद्धि , बजारभाउ थप बढ्नेमा उपभोक्ता चिन्तित

नेपाल आयल निगम लि.ले आजदेखि लागू हुने गरि पुन: पेट्र‍ोल, डिजेल र मट्टितेलको मुुल्य बढाएको छ । जस अनुसार पेट्रोलमा प्रति ली. रु.५ तथा डिजेल र मट्टितेलमा प्रति ली. रु.१४ का दरले मुल्यबृद्धि भएको बताइएको छ ।

पेट्रोल, डिजेल र मट्टितेलको मुुल्य बढेसँगै ढुवानी लगायतका खर्चमा बृद्धि हुने भएकोले बजारभाउ पुन: बढ्ने चिन्ताले उपभोत्ताहरुलाई सताउन थालेको देेखिएक‍ो छ ।

इण्डियन आयल कर्पोर्शनबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगम लि.ले एलपी ग्यास (LPG)को मुुल्य घटाएपनि पेट्रोल, डिजेल र मट्टितेलको मुुल्य बढाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *