काठमाडौं उपत्यकामा पनि आँखा पाक्ने रोगका विरामीको संंख्या बढ्न थालेको देखिएको छ ।

आँखा पाक्ने रोग लागेका कतिपय विरामी स्वास्थ्य सजकता नअपनाइ सार्वजनिक यातायाता सवारि साधनमा यात्रा गर्ने र भिडभाडमा जानाले उनीहरुबाट भुसमा आगो सल्के जस्तै गरि यो रोगको संंक्रमण बढ्दै गएको जानकारहरु बताउछन् तर सरकारले भने यो विषयमा केही नगरेको सरोकारवालाहरु बताउछन् । यो रोगको किटाणु एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्ने गर्दछ ।
झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा पछिल्लो समय डेंगी र आँखा पाक्ने रोगको संक्रमण बढिरहेको छ । डेंगी र आँखा पाक्ने रोगको संक्रमण धेरै भएको भन्दै धरानमा स्वास्थ्य संंकटकाल लगाउनु पर्ने माग भइरहेको छ ।




