नेफ्सकूनका नवनियुक्त सीईओ डा.शिवजी सापकोटालाई बधाईको ओइरो

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटालाई बचत तथा ऋण सहकारी संंघ/संस्था तथा सहकारी अभियानकर्मीहरुबाट बधाइ ज्ञापन गरि कार्यकाल सफलताको कामना गर्ने क्रम चलिरहेको छ । नेफ्सकूनको ३६औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा डा.सापकोटालाई नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले नेफ्स्कून सञ्चालक समितिको निर्णय अनुरुप नियुक्ति पत्र प्रदान गर्नु भएको थियो । त्यस लगत्तै उहाँले नेेफ्स्कूनको प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्नुभएको थियो ।

सहकारी क्षेत्रको राम्रो अनुभव र ज्ञान हासिल गरेका डा.सापकोटा २०६३ सालमा नेेफ्स्कूनमा प्रवेेश गर्नुभएको थियो । उहाँ २०७२ देखि २०७७ सालसम्म नेफ्स्कूनको प्रमुख कार्यकारी अधिकृत हुुुनहुन्हथो । परितोष पौड्यालको नेतृत्वमा नेफ्स्कूनको नयाँ सञ्चालक समिति चयन भएको केही समयपछि नै एकाएक उहाँले नेफ्स्कूनको प्रमुख कार्यकारी अधिकृत पदकाट राजीनामा दिनुभएको थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालसँग मतभेद भएकाले उहाँले नेफ्स्कूनको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएको कतिपय जानकारले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *