आज लक्ष्मी पूजा !

आज तिहारको दोश्रो दिन विहान घर तथा गोठको सुरक्षा गर्दै आएको पाल्तु जनावर कुकुरको पूजा गरिदैछ भने आजै अपरान्हबाट औंशी तिथि शुरु भई भोलि दिउसोबाट औंशी तिथि सकिएर प्रतिपदा तिथि शुरु हुने भएकोले आज साझ लक्ष्मी पूूजा हुने भएको छ तर गाईको पूजा भने भोलि विहान हुने छ ।

हिजो तिहारको पहिल‍ो दिन सन्देश/समाचारबाहक चरो कागको पूजा गरिएको थियो ।

काग, कुकुर, गाई, गोरु ,गोवर्द्धन पर्वत र दाजुभाइको पूजा गरी तिहार पर्व मनाउने गरिन्छ । नेवारहरुमा भने तिहारमा म:ह: पूजा गर्ने चलन रहेको छ ।

फूल र पूूजाको सामाग्रीको विक्री बढ्यो

तिहार शुरु भएसँगै फूल, माला ,मरमसला, फलफुल र पूजाको सामाग्री लगायतका सामाग्रीको विक्री ह्वात्तै बढेको छ भने काठमाडौंको न्युरोड लगायतका शहरका मुख्य बजारमा सामान किन्न जानेको अलेली भिड देखिएको छ ।

उता भारतीय सीमावर्ती जिल्लाका धेरै मानिसहरु भने अत्यावश्यक साामान खरीदका लागि भारतीय बजारमा पुगेको देेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *