हरिबोधनी एकादशीमा मनकामना मन्दिर परिसरमा मनोरञ्जनात्मक कार्यक्रम गर्न नपाइने

जिल्ला प्रशासन कार्यालय, संखुवासभाले खाँदबारी नगरपालिका-९ मा रहेको मनकामना मन्दिरमा लाग्ने यसपालीको हरिबोधनी एकादशी मेलामा धार्मिक र सांस्कृतिक कार्यक्रम बाहेकका अन्य मनोरञ्जनात्मक कार्यक्रम गर्न नदिने भएको छ । सो मेलालाई व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालय, संखुवासभाले खाँदबारीमा आयोजना गरेको बैठकले उक्त मेलामा मनकामना मन्दिर परिसर आसपास लङ्गुबुर्जा खेल्न / खेलाउन र मादक पदार्थ बिक्री तथा उपभोग गर्न निशेध गर्ने निर्णय गरेको जनाइएको छ ।

हरिबोधनी अर्थात ठूलो एकादशीमा संखुवासभाको अरुण नदीको किनारामा रहेको मनकामना मन्दिर र चैनपुर नगरपालिका-७ मा रहेको वालेश्वरमा ठूलो मेला लाग्ने गर्दछ । मेला आसपास मादक पदार्थ विक्री र उपभोग गर्न प्रतिबन्ध नलगाउदा बिगतमा हरिबोधनी एकादशी मेलामा झगडा हुने गरेका थिए ।

भिरभित्र प्राकृतिक रुपमा निर्मित वालेश्वर अनौठो र आकर्षक छ तर त्यहाँ सजिलोसँग पुग्न सरकारी तवरबाट भौतिक संरचना निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *