मन्त्री निवास आसपास निशेधित क्षेत्र घोषणा,प्रविधिको दुरुपयोग नगर्न साइबर व्यूरोको अनुरोध

जिल्ला प्रशासन कार्यालय,ललितपुरले पनि ललितपुरको पुल्च‍ोकस्थित मन्त्री निवास आसपासको क्षेत्रलाई आजदेखि ६ महिनासम्म निशेधित क्षेत्र घ‍ोषणा गरेको छ । सुरक्षालाई मध्यनजर गरी यो कार्य गरेको बताइएको छ ।

यता नेपाल प्रहरीको साइबर ब्युरोले प्रविधिको दुरुपयोग नगर्न अनुरोध गरेको छ । भीपीएन (VPN) र डीएसएन (DSN) बाट नेपालमा प्रतिबन्ध लगाएको टिकटक चलाउदा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण र बैंकिङ विवरण असुरक्षित रहने सो व्युरोको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *