स्थानीय तहको उप-निर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान जारी

स्थानीय तहको रिक्त ४१ पद पूर्तिका लागि आज विहान ७ बजेबाट शुरु भएको मतदान शान्तिपूर्ण रुपमा जारी रहेको निर्वाचन आय‍ोग,नेपालले जनाएको छ । दिउसो १:४५ बजेसम्म ४५ प्रतिशत मत खसेको जनाइएको छ । अपराज्ह ५:०० बजेसम्म मतदानका लागि लाइनमा बसेका मतदाताले मतदान गर्न सक्ने र मतदानपछि काठमाडौंको कीर्तिपुर नगरपालिका र त्यहाँका २ वटा , काठमाडौं महानगरपालिका वडा नं.१६, मोरङको ग्रामथान गाउँपालिकाका सहितका सुगम स्थलका मतपेटिका संकलन गरि आजै साझबाट मतगणना शुरु गर्ने निर्वाचन आयोग, नेपालका प्रवक्ता नीता अर्यालको भनाई छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाको उप-मेयर, दोलखाको गौरीशंकर गाउँपालिका , रुकुम (पूर्वी भाग)को पृथा उत्तरगंगा गाउँपालिका , हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष तथा ३३ वटा वडाका वडाध्यक्ष सहित रिक्त ४१ पदमा आज भइरहेको निर्वाचनमा ३७६ जना उम्मेद्वार चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *