स्थानीय तहको रिक्त ४१ पदका लागि आज सम्पन्न उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको र यो उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको निर्वाचन आयोग नेपालले जनाएको छ । २५ दलले निर्वाचन आयोग नेपालमा दल दर्ता गरेपनि उपनिर्वाचनमा २० दलले मात्र भाग लिए । राजनीतिक दलहरुका २७४ जना र स्वतन्त्र १०२ जना गरि ३७६ जनाले उम्मेद्वारी दिएर यस उपनिर्वाचनमा प्रतिस्पर् गरे । मतदान सकिएसँगै मतपेटिका संकलन गरि मतगणना गर्न निर्देशन दिएको निर्वाचन आयोग नेपालकी प्रवक्ता नीता पोखरेल अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।







