एमाले खोस्यो महाबु गाउँपालिकाको अध्यक्ष र स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष

२०७९ सालको चुनावमा नेपाली कांग्रेसले जितेको दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा यस पटक नेकपा (एमाले)ले बाजी मारेको छ । स्थानीय तह उपनिर्वाचनको मुखमा नेकपा (एस) परित्याग गरि नेकपा (एमाले)मा प्रवेश गरेर उम्मेद्वार बनेका नेकपा (एमाले)का जंगबहादुर शाही ३,१२७ मत प्राप्त गरि महाबु गाउँपालिकाको अध्यक्षमा विजयी भएर साढे २ वर्षपछि पुन: सो गाउँपालिकाको नेतृत्व तहमा फर्किएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उक्त गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर ५ वर्ष काम गरेका शाही २०७९ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्षमा नेकपा (एस)बाट अध्यक्षको उम्मेद्वार बन्नुभएको थिए । नेकपा (एमाले) विभाजन हुँदा नेकपा (एस)मा लागेका उनले त्यस बेला २,२६८ मत पाएर तेश्र‍ो भएका थिए ।

अध्यक्षमा निर्वाचित शाहीका प्रतिस्पर्धी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले २,६७५ , नेकपन (माके)का जंगबहादुर बराल मगरले ८४२ र रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत पाएको निर्वाचन आयोग नेपालले जनाएको छ ।

यस्तै बाजुराको स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा १,७४० मत प्राप्त गरि विजयी भइन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले १,४७४ र नेकपा (एस)की जवा शाहीले ५५३ मत पाएको बताइएको छ ।

यसैगरी यस अघि नेपाली कांग्रेसले जितेको ताप्लेजुुुङको सिरिजंघा गाउँपालिका वडा नं.३ को वडाध्यक्षमा नेकपा (एमाले)की कुमारी सावदेन ३५३ मत पाएर विजयी भइन् । उनका प्रतिस्पर्धी नेकपा (माके)की अम्बी सावादेनले २५१, नेपाली कांग्रेसका भीम लक्सम्बाले २१८, सघीय लिम्बुवान राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र रास्वपाका देवीप्रसाद पौडेल ७ मत पाए भने अघि नेपाली कांग्रेसले जितेको ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं ५ को वडाध्यक्षमा नेकपा (एमाले)का गंगाबहादुर तामाङ ३९९ मत प्राप्त गरि विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका घनश्याम दाहालले १७७ र रास्वपाका विष्णुुप्रसाद पोखरेलले २५७ मत पाएको जनाइएको छ ।

त्यस्तै यस अघि नेपाली कांग्रेसले जितेको कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं.१ को वडाध्यक्षमा नेकपा (एमाले)का म‍‍‍ोहम्मद ताहिर मुसलमान १,१५० मत पाएर विजय‍ भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेशकुमार यादवले १,०७६ र जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४२३ मत पाएक‍ो बताइएको छ ।

त्यसैगरी यस अघि आफैले जितेको दैलेखको दुल्लु नगरपालिका वडा नं.५ को वडाध्यक्षमा नेकपा (एमाले)का लालबहादुर शाही ५७४ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५७१ र नेकपा (माके)का ढकेन्द्रबहादुर शाहीले २७८ , रास्वपाका रामबहादुर शाहीले ५३ मत ल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *