फोर नेशनस कप अन्तर्गत काठमाडौंको दशरथ रंगशालामा जारी नेपाल र लेबनान बीचको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो हाप सकिदा नेपाल १-० गोल अन्तरले अगाडि छ । खेलको ४२औं मिनेटमा नेपाली स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ले डी बक्स बाहिरबाट आकर्षक गोल गरिन् । खेलमा दुबै टोली बीच कडा प्रतिस्पर्धा भइरहेको छ । लेवनानले पटक पटक गोल गर्ने अवसर बनाएपनि नेपालकी कप्तान समेत रहेकी गोलकीपर एञ्जिला तुम्बापो सुब्बा बाधक बन्दा गोल गर्न भने सकेको छैन ।





