विवाह पूर्व र वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ : नेकपा (एस)

नेकपा(एस) ले ‘विवाह पूर्व र वैवाहिि सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुदैन । महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्छ’, भनेको छ । आजबाट ललितपुरको जावलाखेलमा शुुरु भएको नेकपा (एस)को केन्द्रीय कमिटी तेश्रो बैठकमा सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल पेश गरेको १३ बुँदे आचार संहिताको मस्यौदामा सो कुरा उल्लेख छ ।

सो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले) विभाजन गरि नेकपा (एस) निर्माण गर्ने कार्य ठीक भएको र अहिले कसैसँग पनि पार्टी एकता सम्भव नभएको विचार व्यक्त गर्नुभएको जनाइएको छ ।

यसैगरी बैठकलाई सम्बोधन सो पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी संगठन टिके प्रथाबाट नभई विधि र पद्दतीबाट चल्नु पर्ने विचार व्यक्त गर्नु भएको बताइएको छ । बैठकमा सोही पार्टीका महासचिव घनश्याम भुसालले नेकपा (एस)ले यही फाल्गुणको तेश्रो साताबाट सञ्चालन गर्ने गरि ३ महिने आन्दोलनको कार्यक्रम प्रस्ताव गरेको प्राप्त समाचारमा उल्लेख छ । यो बैठकमा नेकपा (एस)का सदस्यले वार्षिक रुपमा सदस्यता शुल्क रु.१०० तिर्नु पर्ने प्रस्ताव पेश भएको पनि प्राप्त खबरमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *