काठमाडौंको डिललीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.द्वारा विद्यावारिधि, एमफील लगायतमा अनुसन्धान गर्ने विद्यार्थीहरुका लागि निर्माण गरिएको फेलोसीप प्रोग्रामको कार्यान्वयन शुरु भएको छ । यसैक्रममा गत हप्ता सोही संस्थाद्वारा आयोजित विशेष कार्यक्रममा नेपाल खुला विश्वविद्यालयको व्यवस्थापनमा कानुन संकायका विद्यार्थी अधुत्तम देगमराज शाक्यलाई “इण्डिभिजुएल्स डिसिजन मेकिङ फोर इनरोलमेण्ट इन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ्स विथ रिफ्रेन्स टु काभ्रे डिष्ट्रिक्ट (Individuals’ Decision Making for Enrollment in Saving and Credit Co-operatives with Reference to Kavre District)” शीर्षकको माष्टर प्रोजेक्टको लागि फेलोसीप प्रदान गरिएको छ।

सो फेलसीप (पुरस्कार)को वितरण वचन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मुकुन्दराज खनालले गर्नुभएको हो । त्यस अवसरमा अध्यक्ष खनालले ‘वचन साकोसद्वारा फिलोसीपबाट सम्मानित विद्यार्थौ अधुत्तम देगमराज शाक्यले सहकारी क्षेत्रमा गरेको महत्त्वपूर्ण योगदानको मूल्याङ्कन भएको छ’, भन्नुभयो । वचन साकोसको खुला विश्वविदयालयसँगको यस सहकार्यले विद्यार्थी, शोधकर्ता र शिक्षकहरूलाई महत्त्वपूर्ण फाइदा पु-याउने आशा गरिएको छ भन्दै उहाँले यसले नेपाल खुला विश्वविद्यालयका विद्यार्थीहरूलाई सहकारीको कार्य प्रणालीमा व्यवहारिक अनुभव प्राप्त गर्ने र प्रभावकारी अनुसन्धानमा सम्लग्न हुने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
‘शाक्यलाई झैं अरु थप २ जना विद्यार्थीले पनि नेपाल खुला विश्वविद्यालयमा अनुसन्धान कार्य अन्तिम चरणमा पु-याएको जानकारी प्राप्त भएको छ , उनीहरुलाई पनि उक्त अनुसन्धानको रिपोर्ट बुझाएपछि वचन बचत तथा ऋण सहकारी संस्था लि. र नेपाल खुल्ला विश्वविद्यालय बीच भएको सम्झौता अनुसार फेलोसीप प्रदान गरिने छ’, सहकारी विज्ञ तथा वचन बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत डा. देशमर्दन बस्न्यातको भनाई छ ।
नेपाल खुला विश्वविद्यालयले सिफारिस गरेका योग्य विद्यार्थीहरूलाई वार्षिक फेलोसीप कोष प्रदान गरिनेछ। फेलोसीप विद्यावारिधि (PHD) , एमफिल, माष्टर र, पोष्ट ग्र्याजुएट डिप्लोमा र स्नातक स्तरका विद्यार्थीहरूका लागि उपलब्ध हुनेछन् । वचन बचत तथा ऋण सहकारी संसथा लि.मा अनुसन्धान गर्ने विद्यार्थीहरूका लागि अतिरिक्त कोष उपलब्ध गरिने छ भने यो सहकार्य नेपालका सहकारी क्षेत्रमा ज्ञान र अनुसन्धानको अवसरलाई प्रवर्द्धन गर्नको लागि एक महत्वपूर्ण कदम सावत हुनेछ, जसले अन्ततः राष्ट्रको शैक्षिक र आर्थिक वृद्धिमा योगदान पु-याउने अपेक्षा गरिएको डा. बस्न्यात बताउनुहुन्छ ।

यस अघि वचन बचत तथा ऋण सहकारी संस्था लि. र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मनोविज्ञान विभाग वीच मनोविज्ञानका विद्यार्थीहरूको शैक्षिक उत्कृष्टता र व्यवहारिक अनुभवलाई प्रवर्द्धन गर्न उद्देश्यले फेलोसीप कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको थियो । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मनोविज्ञान विभागका पूर्व प्रमुख प्रा.डा. मुरारीप्रसाद रेग्मी र वचन बचत तथा ऋण सहकारी लि.का अध्यक्ष मुकुन्दराज खनालको उपस्थितिमा उक्त सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मनोविज्ञान विभागका प्रमुख प्रा.डा. नन्दिता शर्मा र सहकारी विज्ञ समेत रहृका वचन बचत तथा ऋण सहकारी संस्था लि का प्रमुख कार्यकारी अधिकृत डा. देशमर्दन बस्न्यातले हस्ताक्षर गर्नु भएको थियो ।

उक्त सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभागले सिफारिस गरेका मनोविज्ञानका योग्य विद्यार्थीहरुको अनुसन्धानका वचन बचत तथा ऋण सहकारी संस्था लि.बाट आर्थिक समर्थन र अनुभव सहितको फेलोसीप प्रदान गरिने छ । त्यसका लागि सम्बन्धित विद्यार्थीले आफ्नो अनुसन्धानको रिपोर्ट वचन बचत तथा ऋण सहकारी संस्था लि.मा प्रस्तुत गर्नु पर्नेछ बताइएको छ । यसबाट त्रिभुवन विश्वविद्यालयका मनोविज्ञानका विद्यार्थीहरु लाभान्वित हुने जानकारहरु बताउछन् ।
विद्यार्थीहरुका लागि पैसा बचत गर्न सिकाइने
वचन बचत तथा ऋण सहकारी संस्था लि.ले चाडै नै विद्यार्थीलाई अभिभावकले खाजा खान दिएको पैसा बचत गर्न सिकाउने उद्देश्यले व्यवहारिक तालिम सञ्चालन गर्ने जनाइएको छ ।
सो संस्थाका सबै सूचकाङ्क राम्रो रहेको र आर्थिक वर्ष २०८१/०८२ मा थप ६ करोड रुपैया बचत थपिनुका साथै संस्थामा तरलता र खराब ऋणको समस्या नरहेको बताइएको छ ।





